१५ भदौ । रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंं ५ की ७० वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको हो ।
केही दिन अघि ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा नै बसेकी थिइन् ।
दम र निमोनियाको रोगी उनलाई एक्कासी खोकी लाग्ने तथा उच्च ज्वरो आएपछि भैरहवाको भिम अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले स्वास्थ्य पोष्ट्लाई जानकारी दिए ।
महिलाको आइतबार राति अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रुपन्देही जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा.राजेन्द्र गिरीले पनि पुष्टि गरे ।