Nepal's Trusted Health Online Portal

१६ जना भेन्टिलेटर सहित १४८ कोरोना संक्रमित आइसियु कक्षमा उपचारत

Get real time updates directly on you device, subscribe now.

१५ भदौ, काठमाडौं । नेपालमा सोमबार १६ जना भेन्टिलेटर सहित १४८ जना कोरोना संक्रमित आइसियु कक्षमा उपचारत रहेका छन् ।

पछिल्लो समय १३२ जना आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने गर्दछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ४ जना, प्रदेश नं २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश नं ५ मा १७ जना आइसियुमा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा १३ जना र प्रदेश नं ५ मा २ जना भेन्टिलेटरमा उपचारत छन् ।

नेपालमा सोमबार ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ सय ८८ जना उपचारपछि निको भएका छन् भने ७ जनाले ज्यान गुमाएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.