१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पत्नी सहितको स्वाब संकलन गरी परीक्षण गरिएकोमा मेयर शाक्यको मात्र रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ ।
उनकी पत्नीलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार ग्राण्डी अस्पतालमा पत्नी र मेयर शाक्यको स्वाब दिइएको थियो ।
सचिवालयका अनुसार मेयर शाक्यलाई कुनै लक्षण देखिएको छैन । उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।