Nepal's Trusted Health Online Portal

कोरोना संक्रमित बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

Get real time updates directly on you device, subscribe now.

१५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आर.आर. अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा खराबी आएपछि अगस्ट १० मा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मस्तिष्कमा रगत जमेपछि उनको मस्तिष्कको सर्जरी गरिएको थियो सोही क्रममा उनमा कोरोना (कोभिड १९) को संक्रमण समेत देखिएको थियो । गत मंगलबारबाट उनको स्वास्थ्य अवस्था नाजुक बन्दै आएपछि सोही रात देखि नै भेन्टिलेटरमा राखेर उनको थप उपचार गरिएको थियो ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । सन् २०१९ मा उनलाई ‘भारत रत्न’ द्वारा सम्मानित पनि गरिएको थियो । उनको मृत्युको खबर उनका छोरा अभिजित मुखर्जीले आफ्नो ट्वीटरमार्फत् पुष्टि गरेका छन् ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.