१५ भदौ, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ह्याम्स अस्पतालमा शनिबार पिसिआर परीक्षणका लागि स्वाब दिएका रिजाल दम्पतीको सोमबार रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पुष्टि भएपछि डा.रिजाल पत्नीसँगै ह्याम्स अस्पताल नै भर्ना भएका छन् ।
सुरुको दिनमा हल्का ज्वरो आएको तर हाल कोरोनाको कुनै लक्षण नदेखिएको डा.रिजालले बताएका छन् ।