२९ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
सोमबार उपत्यकामा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी १ महिला तथा ७ पुरुषको मृत्यु भएको हो ।
सोमबार देशभरी १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हजार ८ सय ७९ जना संक्रमित निको भएका छन् ।
त्यस्तै गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ