Nepal's Trusted Health Online Portal

सोमबार ११७० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५५ हजार ३२९ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२९ भदौ, काठमाडौं । नेपालमा सोमबार थप १ हजार १ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ सय ९९ जना महिला र ७ सय ७१ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ७८ पिसिआर परीक्षण भएकामध्ये १ हजार १ सय ७० जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ । जसमध्ये ३९ हजार ५ सय ७६ जना भने निको भइसकेका छन् । अब नेपालमा १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ७९ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ७१.५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा र ७ हजार २ सय ७५ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ८ सय ९२ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर सोमबार १७९ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने २९ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.