३ जेठ, काठमाडौं । शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनुषा जिल्लाका २ र धुलिखेल अस्पतालमा मृत्यु भएकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमितहरु धनुषा निवासी २० र ६५ बर्षीय दुई जना पुरुषहरु तथा शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ बर्षीय महिला हुन् ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षण अनुसार उनीहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अन्य संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २८१ पुगेको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । शनिबार पहिलो पटक १ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
