Nepal's Trusted Health Online Portal

कोभिड–१९ बाट मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरियो

Get real time updates directly on you device, subscribe now.

३, जेठ, काठमाडौं । शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी कोरोना संक्रमित महिलाकोे घर र माइती गाउँलाई सिल गरिएको छ ।

मृतक संक्रमित महिलाको घर बाह्रबिसे नगरपालिका–९, राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिएका छन् ।

मृतक महिलालाई माइती गाउँबाट पनि आफन्तहरु भेट्न गएका थिए । सिल गरिएको क्षेत्रमा सेना र प्रहरी परिचालन गरिएको छ । भने सिल गरिएका ठाउँबाट कसैलाई पनि बाहिर आउन र वडाभित्र प्रवेश गर्न दिइने छैन ।

जिल्लाको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रले त्यस क्षेत्रका वासिन्दालाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । मृतक संक्रमितको सम्पर्कमा आएका सबैको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

मृतकको स्वास्थ्य जाँच गराइएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सिल गरिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.