Nepal's Trusted Health Online Portal

रौतहटका थप १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौं । नेपालमा आइतबार बिहान थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । रौतहट जिल्लाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्ला राजापुर नगरपालिका फरहदा–०९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ बर्षीय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ०३ र ०५ निवासी २८, ३० र ३३ बर्षीय पुरुषहरु रहेका छन् ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २९१ पुगेको छ । एकजना संक्रमितको हिँजो शनिबार मृत्यु भएको थियो । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.