Nepal's Trusted Health Online Portal

विश्वभर ३ लाख ११ हजार बढी कोरोना संक्रमितहरुको मृत्यु, ४६ लाख ३४ हजार बढीमा संक्रमण

संक्रमितमध्ये १६ लाख ९३ हजार १ सय ९७ जना भने निको

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ११ हजार ७८१ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४६ लाख ३४ हजार ६८ पुगेको छ । संक्रमितमध्ये १६ लाख ९३ हजार १ सय ९७ जना निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म ८८ हजार ७५४ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा १४ लाख ६७ हजार ८२० जनाामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको न्यूयोर्कमा मात्रै ३ लाख ४८ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ २८ हजार ४९ जनाको ज्यान गएको तथ्याङ्क छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण रसियामा फैलिएको छ । रसियामा पछिल्ला दिनहरुमा संक्रमण ह्वात्तै बढेको हो । रसियामा २ लाख ७२ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुको मृत्युदर भने थोरै छ । हालसम्म रसियामा २ हजार ५३७ जना संक्रमितको ज्यान गएको छ ।

रसियापछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको तेस्रो स्थानमा बेलायत रहेको छ । बेलायतमा पनि पछिल्ला दिनहरुमा संक्रमण तीब्र गतिमा फैलिइरको छ भने मृत्युदर बढेर बेलायत अमेरिकापछि दोस्रे स्थानमा छ । बेलायतमा यो समाचार तयार पार्दासम्म २ लाख ४१ हजार बढीमा संक्रमण फैलिएको छ । संक्रमणबाट बेलायतमा ३४ हजार ५४६ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै रसिया र बेलायत सँगसँगै ब्राजिलमा पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । ब्राजिलमा २ लाख ३३ हजार बढीमा संक्रमण भएको छ भने १५ हजार ६६२ जनाको ज्यान गएको छ ।

ब्राजिलपछि स्पेनमा हालसम्म २ लाख ३० हजार बढीमा संक्रमण पाइएको छ भने २७ हजार ५६३ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण अघिल्ला दिनहरुको तुलनामा केही नियन्त्रण भइरहेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सुरुमै धेरै प्रभावित बनेको इटलीमा २ लाख २४ हजार बढीमा संक्रमण भएको छ तर ज्यान गुमाउनेको संख्या बढी छ । इटलीमा हालसम्म ३१ हजार ७६३ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै फ्रान्समा अहिले सम्म १ लाख ७९ हजार बढीमा संक्रमण पाइएको छ भने २७ हजार ५३२ जनाको मृत्यु भएको छ । फ्रान्समा पनि पछिल्ला दिनहरुमा अघिल्ला दिनहरुको तुलनामा कम संक्रमण देखिएको छ ।

फ्रान्स पछि जर्मनीमा १ लाख ७५ हजार बढी मानिसहरुमा कोरोना संक्रमण पाइएको छ । जर्मनीमा ७ हजार ९३८ जना संक्रमितको ज्यान गएको छ । जर्मनीमा पनि पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण केही मात्रामा नियन्त्रण भएको जस्तो देखिएको छ ।

जर्मनीपछि सबैभन्दा बढी संक्रमित हुने देशको सुचीमा टर्की रहेको छ । टर्कीमा १ लाख ४८ हजार बढी संक्रमित भएका छन् । टर्कीमा ४ हजार ९६ जना संक्रमितले ज्यान गुमाएका छन् ।
टर्कीपछि इरानमा १ लाख १८ हजार बढी संक्रमित भएका छन् । इरानमा ६ हजार ९३७ जना संक्रमितले ज्यान गुमाएका छन् ।

इरानपछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको सुचीमा छिमेकी मुलुक भारत आइपुगेको छ । भारतले चीन र पेरुलाई उछिनेर सबैभन्दा बढी प्रभावित देशहरुको एघारौं स्थानमा आइपुगेको छ । भारतमा कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । भारतमा हालसम्म ९० हजार ६४८ जनामा कोरोना संक्रमण पुिष्ट भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ । भारतमा २ हजार ८७१ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८४ हजार ४४ जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा २१ जनामा मात्र संक्रमण देखिएको छ । भुटानमा पनि पछिल्ला दिनहरुमा संक्रमित बढिरहेका छन् ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर २९१ पुगेको छ । कोभिड–१९को संक्रमणबाट नेपालमा शनिबार पहिलो पटक १ जना २९ बर्षीय महिलाको ज्यान गएको छ । नेपालमा संक्रमितमध्ये ३६ जना निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.