३ जेठ, काठमाडौं । शनिबार दिउँसो काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । महिलाको मृत्यु भएपछि अनुसन्धानका लागि स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको थियो ।
सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षीय महिलाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
यसअघि शनिवारको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताएका थिए ।
९ दिन अघि टिचिङ् हस्पिटलमा सुत्केरी भएपछि घर लगिएको सिन्धुपाल्चोककी २९ बर्षीय महिलाको शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
गत महिना शिक्षण अस्पतालमा सुत्केरी गराइ २५ गते घर फर्किएकी ती महिलालाइ स्वास फेर्न समस्या भएपछि बिहीवार धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
उनको थ्रोट स्वाव परीक्षण काठमाडौंमा रहेको केन्द्रिय ल्यावमा ल्याइएको थियो ।