Nepal's Trusted Health Online Portal

दुई नेपाली सैनिकलाई कोरोना संक्रमण, देशभर संक्रमित संख्या २७८ पुग्यो

Get real time updates directly on you device, subscribe now.

३ जेठ, काठमाडौं । नेपाली सेनाका दुई जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ बर्षीय पुरुष सैनिक र महोत्तरीकै ५२ बर्षीय पुरुष सैनिक रहेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेका छन् ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै सुरक्षा निकायका जवानहरुमा कोरोना संक्रमण भईसकेको छ ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २७८ पुगेको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.