काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको भनिएकी एक सुत्केरी महिलाको संकास्पद मृत्युबारे अनुसन्धान भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवारको नियमित कोरोना अपडेट दिदैं मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बताएका हुन् ।
९ दिन अघि टिचिङ् हस्पिटलमा डेलिभरि पछि घर लगिएको सिन्धुपाल्चोककी एक २९ वर्षिय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको खबर पाइएको छ । यस विषयमा मन्त्रालयले थप अनुसन्धान पछि जानकारी गराउने नै छ, प्रवक्ता देवकोटाले भने ।
गत महिना शिक्षण अस्पतालमा सुत्केरी गराइ २५ गते घर फर्किएकी ती महिलालाइ स्वास फेर्न समस्या भएपछि बिहीवार धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।
अहिले उनको शव धुलिखेल अस्पतालमै राखिएको छ भने अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उनको थ्रोट स्वाव परीक्षण काठमाडौंमा रहेको केन्द्रिय ल्वावमा भइरहेको छ ।