काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सयुंक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा नागरिकले सरल र सहज रुपमा एम्बुलेन्स सेवा पाउने गरी एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने कुरा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नेपालभरको जुुनसुकै स्थानबाट तीन अङ्कको नम्बरमा टेलिफोन गरी सबैले सरल र सहज रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।
त्यस्तै सरकारले देशका प्रमुख राजमार्गहरुमा ट्रमा सेवा पनि विस्तार गर्ने भनेको छ ।