Nepal's Trusted Health Online Portal

कपिलवस्तुमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या २७६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

३ जेठ, काठमाडौं । कपिलवस्तुमा शनिबार बिहान थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु, शिवराज नगरपालिका चन्द्रोटा निवासी २५, ३४ र ४४ बर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको थ्रोट स्वाब परीक्षण अनुसार उनीहरु ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २७६ पुगेको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.