Nepal's Trusted Health Online Portal

सातै प्रदेशका सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग सञ्चालन हुने

Get real time updates directly on you device, subscribe now.

१६ जेठ, काठमाडौँ । सरकारले सात ओटै प्रदेशका एक–एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमै जलनको गुणस्तरीय उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक–एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग सञ्चालन गर्ने बताए हुन् ।

उनले वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने बताए ।

बजेटमा कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं इन्स्टिच्यूट अफ चाइपल्ड हेल्थ तथा तीलगङ्गा र रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरेको गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।

Get real time updates directly on you device, subscribe now.

Comments are closed, but trackbacks and pingbacks are open.