काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिलाको पनि कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अञ्चल अस्पतालमा उपचार गरिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङले ती महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।
उनलाई अहिले डिस्चार्ज गर्ने तयारी भईरहेको छ । उनको गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी शनिबार निको भएर डिस्चार्ज भएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठ आएकै कतार एयरको विमानबाट नेपाल आएकी थिइन् ।