काठमाडौं । जनकपुरमा पैसा फालेर कोरोनाको सन्त्रास फैलाएको आरोपमा पक्राउ परेका दुई मध्ये एक महिलाकोे कोरोना ¥यापीड टेस्ट पोजिटिभ देखिएको छ । उनीहरु दुवैको पिसिआर परीक्षणको प्रक्रिया अघि बढाइएको छ ।
जनकपुरको महावीर चोकमा पैसा फालेर हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी जनकपुर प्रादेशिक अस्पताल लगेको थियो । दुई मध्ये एक महिलाकोे आरडिटी परीक्षण पोजिटिभ आएको अस्पताल श्रोतले जनाएको छ ।
सडकमा पैसा फालेर फरार भएका उनीहरु जनकपुरधामका आमिना खातुन र अलिना खातुन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरेको हो ।