९ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ हजार ३४९ जना मात्र संस्थागत आइसोलेसन रहेका छन् । त्यस्तै देशभरी ८७३ जना क्वारेन्टिनमा रहेका छन् ।
आज देशभरका विभिन्न अस्पतालमा गरी १ हजार २३७ आइसियू र ४८४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९३ जना संक्रमितको ज्यान गएको छ भने ७ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् ।