Nepal's Trusted Health Online Portal

नेपालमा १ लाख १५ हजार ५४७ सक्रिय संक्रमित

Get real time updates directly on you device, subscribe now.

९ जेठ, काठमाडौ । नेपालमा आइतबार १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित कोरोना अपडेटमा संक्रमितमध्ये हाल ७ हजार ३४९ संस्थागत आइसोलेसन र १ लाख ८ हजार १९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै १ हजार २३७ आइसियूमा र ४८४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ९१ हजार ३४८ अर्थात ७६.३ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.