Nepal's Trusted Health Online Portal

१,७२१ जना कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचारत

Get real time updates directly on you device, subscribe now.

९ जेठ, काठमाडौं । नेपालमा आइतबार १ हजार ७२१ जना कोरोना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचारत रहेका छन् ।

देशभरका विभिन्न अस्पतालमा उपचारमध्ये १ हजार २३७ आइसियू र ४८४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टाभित्र देशभर १९३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १८ हजार ९६५ पीसीआर विधीबाट परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन परीक्षण गरिएकोमा ३१६ गरी जम्मा ७ हजार ९१४ जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.