९ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १९३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ७ हजार ६६४ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
अब नेपालमा १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म संक्रमितमध्ये ३ लाख ९१ हजार ३४८ अर्थात ७६.३ प्रतिशत संक्रमणमुक्त भएका छन् भने ६ हजार ३४६ जनाको मृत्यु भइसकेकोे छ ।