Nepal's Trusted Health Online Portal

थप १९३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,३४६

Get real time updates directly on you device, subscribe now.

८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ६६४ जना संक्रमित निको भएका छन् ।

आज संक्रमितमध्ये १ हजार २३७ आइसियूमा र ४८४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

नेपालमा हालसम्म ५ लाख १३ हजार २४१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख ९१ हजार ३४८ अर्थात ७६.३ प्रतिशत भने संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.