Nepal's Trusted Health Online Portal

४२ भेन्टिलेटर र २३५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

Get real time updates directly on you device, subscribe now.

२२ असोज, काठमाडौं । बिहीबार देशभर २७७ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ४२ जना भेन्टिलेटर र २३५ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २९ जना, प्रदेश नं २ मा १४ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ३९ जना र कर्णाली प्रदेशमा १९ जना आई.सी.यु.मा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा ४ जना, प्रदेश नं २ मा ३ जना, बागमती प्रदेशमा ३० जना र प्रदेश नं ५ मा ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा बिहीबार हालसम्मकै सबैभन्दा धेरै ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ६ सय ७५ जना संक्रमण मुक्त भएका छन् भने १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.