Nepal's Trusted Health Online Portal

कोरोनाका कारण २४ घण्टामा १० जनाको ज्यान गयो, मृतक संख्या ६०० पुग्यो

Get real time updates directly on you device, subscribe now.

२३ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १० जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । कोरोनाका संक्रमणबाट १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ८७ वर्षीय महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४ वर्षीय पुरुष, सुनसरीमा ४६, ५२ र ६८ वर्षीय पुरुष, झापामा २९ र ५२ वर्षीय पुरुष तथा रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६०० पुगेको छ । संक्रमितमध्ये ०.६० प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । त्यस्तै २४ घण्टा यता १ हजार ६ सय ८० जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.