Nepal's Trusted Health Online Portal

३९३ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

२३ असोज, काठमाडौं । शुक्रबार देशभर ३९३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७५ जना भेन्टिलेटर र ३१८ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १९६ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४३ जना र कर्णाली प्रदेशमा १८ जना आई.सी.यु.मा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा ९ जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा ५७ जना र प्रदेश नं ५ मा ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख नाघेको छ । त्यस्तै १ हजार ६ सय ८० जना संक्रमण मुक्त भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.