Nepal's Trusted Health Online Portal

आइतबार २ हजार ७१ जनामा कोरोनाका संक्रमण

Get real time updates directly on you device, subscribe now.

२५ असोज, काठमाडौँ । नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय १६ जना काठमाडौँ उपत्यकाका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ७ हजार ७ सय ५५ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ७५ हजार ८ सय ४ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७०.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा र १७ हजार ६ सय ६६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ६ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

आइतबार देशभरी ३ सय २९ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ७६ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.