Nepal's Trusted Health Online Portal

डा.केसीले तोडे अनसन, सरकारसँग ८ बुँदे सहमती

Get real time updates directly on you device, subscribe now.

२५ असोज, काठमाडौँ । स्वास्थ्य सुधारका विभिन्न माग राखी २८ दिन देखि आमरण अनसनरत डा.गोविन्द केसीले आइतबार बिहान अनसन तोडेका छन् । सरकारसँग ८ बुँदे सहमती भएपछि डा.केसीले अनसन तोडेका हुन् ।

यसअघि शनिबार मध्यराती डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले ८ बुँदे सहमती पत्रमा हस्ताक्षर गरेका थिए ।

सहमती पत्रमा आगामी वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी एम.बी.बी.एस.को पढाई सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै सुदुरपश्चिम प्रदेशको गेटा मेडिकल कलेज, प्रदेश नं २ को बर्दिवास मेडिकल कलेज, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ को राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८० फाल्गुन १० भित्रै एम.बी.बी.एस.पढाई सञ्चालन गर्ने सहमती भएको छ ।

सहमती पत्रमा कोभिड १९ को उचित व्यवस्थापनको लागि पिसिआर परीक्षण विस्तार गर्दै कोभिड तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता विस्तार गर्ने कुरा उल्लेख छ ।

सरकार र डा.केसी बीच विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउनका लागि पदाधिकारी मापदण्ड समिति तथा कार्यदलले दिएको सुझाव उच्च शिक्षा सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयकमा समेट्न ३ साता भित्र मस्यौदा तयार पार्ने पनि सहमती भएको छ ।

सहमतीको पूर्णपाठः

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.