२५ असोज । आइतबार देशभर ४०५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७६ जना भेन्टिलेटर र ३२९ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३२ जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा २०२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ५० जना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा १० जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा ५५ जना र प्रदेश नं ५ मा ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा आइतबार २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय ५२ जना संक्रमण मुक्त भएका छन् भने २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।