२६ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ हजार २ सय ८३ जना काठमाडौँ उपत्यकाका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५ सय ३० नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ११ हजार ८ सय २ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ७७ हजार २ सय ७७ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६९.१ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल १३ हजार ९ सय २३ जना संस्थागत आइसोलेसनमा र १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ८ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
सोमबार देशभरी २ सय ७९ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ६७ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ जिल्ला मात्रै संक्रमण मुक्त छ ।