Nepal's Trusted Health Online Portal

उपत्यकामा सोमबार २,२८३ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२६ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४४ हजार १ सय ६९ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा ४ जनाको मृत्यु भएको छ । ललितपुरमा ५० वर्षीय पुरुष, काठमाडौँमा ७१ वर्षीय महिला तथा ६३ र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ४ सय ७३ जना संक्रमित निको भएका छन् भने ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.