Nepal's Trusted Health Online Portal

थप ९ जनाको कोरोना संक्रमणबाट ज्यान गयो, मृतक संख्या ६४५

Get real time updates directly on you device, subscribe now.

२६ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट २ महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौँमा ७१ वर्षीय महिला तथा ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय पुरुष, चितवनमा ४० वर्षीय महिला र रुपन्देहीमा ७४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । संक्रमितमध्ये ०.५८ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २४ घण्टा यता १ हजार ४ सय ७३ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.