Nepal's Trusted Health Online Portal

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२७ असोज, काठमाडौँ । नेपालमा मंगलबार ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये २ हजार १ सय २९ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख १५ हजार ३ सय ५८ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ७८ हजार ७ सय ८० जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६८.३ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल १५ हजार ४८ जना संस्थागत आइसोलेसनमा र २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन् ।

मंगलबार देशभरी ३ सय ७ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ जिल्ला मात्रै संक्रमण मुक्त छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.