२७ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार १ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय ३ जना संक्रमित निको भएका छन् ।