Nepal's Trusted Health Online Portal

बुधबार २ हजार ६३८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

२८ असोज, काठमाडौँ । नेपालमा बुधबार २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ४ सय ३ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख १७ हजार ९ सय ९६ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ८० हजार ९ सय ५४ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ६८.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

हाल १४ हजार ८ सय १९ जना संस्थागत आइसोलेसनमा र २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ४ हजार ६ सय ६६ जना क्वारेन्टिनमा रहेका छन् ।

बुधबार देशभरी ३ सय ५ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ७० जना भेन्टिलेटरमा रहेका छन् ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)


  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.