१ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ७ सय ४६ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५३ हजार ७८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ८ सय जना संक्रमित निको भएका छन् ।