१ कार्तिक, काठमाडौँ । नेपालमा शनिबार ३ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ७ सय ४६ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख २९ हजार ३ सय ४ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ८९ हजार ८ सय ४० जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय जना कोरोना संक्रमण मुक्त भएका छन् ।