Nepal's Trusted Health Online Portal

सोमबार नेपालमा १ हजार ७४१ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१० कार्तिक, काठमाडौँ । नेपालमा सोमबार १ हजार ७ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ९४ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संत्रमितको संख्या ४३ हजार २ सय ९३ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ५९ हजार ८ सय ३० जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६२ पुगेको छ

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.