९ कार्तिक, काठमाडौँ । आइतबार देशभर ६६ जना कोरोना संक्रमितको भेन्टिलेटर र २७७ जनाको आई.सी.यु. कक्षमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं. १ मा २६ जना, प्रदेश नं. २ मा १० जना, बागमति प्रदेशमा १७६ जना, गण्डकी प्रदेशमा १३ जना लुम्बिनी प्रदेशमा ५२ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना आई.सी.यु.मा उपचाररत छन् ।
प्रदेश नं. १ मा १० जना, प्रदेश नं. २ मा २ जना, बागमति प्रदेशमा ४५ जना, गण्डकी प्रदेशमा १ जना र लुम्बिनी प्रदेशमा ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभरी २ हजार ८ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ३ सय ३६ जना संक्रमित निको भएका छन् ।