Nepal's Trusted Health Online Portal

मंगलबार नेपालमा ५ सय ७० जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

११ कार्तिक, काठमाडौँ । नेपालमा मंगलबार ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ५२ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ६० हजार ४ सय जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.