११ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकामा १ सय ५५ जना पुरुष र ९७ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकाको काठमाडौँमा ५७ हजार २ सय, भक्तपुरमा ५ हजार ३ सय ९३ र ललितपुरमा ८ हजार ५२ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ६९ हजार ९ सय ७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार १ सय ६८ जना संक्रमित निको भएका छन् ।