Nepal's Trusted Health Online Portal

शनिबार काठमाडौँ उपत्यकामा १ हजार ३५७ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१५ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ३ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ८८ जना पुरुष र ५ सय ६९ जना महिलामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ६१ हजार ८ सय ५५, भक्तपुरमा ५ हजार ६ सय ९९ र ललितपुरमा ८ हजार ७ सय ९४ जना गरी हालसम्म कोरोना संक्रमितको जम्मा संख्या ७६ हजार ३ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार २ सय ६४ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.