Nepal's Trusted Health Online Portal

शनिबार नेपालमा २ हजार ५०८ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१५ कार्तिक, काठमाडौँ । नेपालमा शनिबार २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ३ सय ५७ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ नमुना परीक्षण गरिएकोमा १ हजार ५ सय ३२ पुरुष र ९ सय ७६ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ७० हजार ७ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ३१ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९३७ पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.