२७ मंसिर । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ४ सय ८२ जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १९६ जना महिला र २८६ जना पुरुष रहेका छन् ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ४३२ पुगेको छ । जसमध्ये ६७० जनाको मृत्यु भएको छ भने १ लाख ८ हजार ९ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४ हजार ५२०, ललितपुरमा ३८३ र भक्तपुरमा ९२७ गरी ५ हजार ८३० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ३ सय ५९ जना संक्रमित निको भएका छन् भने १५ जनाको ज्यान गएको छ ।