Nepal's Trusted Health Online Portal

देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२७ मंसिर, काठमाडौँ । शनिबार देशभर ८ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ सय ८२ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४२ नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै १५ जनाकोे कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा हालसम्म २ लाख ४७ हजार ५ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित बनेको सरकारी तथ्याङ्क छ । जसमध्ये २ लाख ३४ हजार २ सय ३१ जना अर्थात ९४.६ प्रतिशत संक्रमण मुक्त भएका छन् भने १ हजार ६ सय ८९ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.