६ मंसिर, काठमाडौँ । शनिबार देशभर १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ९९ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४४ नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।