२८ मंसिर । नेपालमा आइतबार देशभरी ३४६ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । उपचारत संक्रमितमध्ये ५२ जना भेन्टिलेटर र २९४ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३९ जना, प्रदेश नं २ मा ७ जना, बागमती प्रदेशमा १०७ जना, गण्डकी प्रदेशमा ८३ जना, प्रदेश नं ५ मा ४६ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा ७ जना आई.सी.यु.कक्षमा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा १० जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ९ जना, प्रदेश नं ५ मा ४ जना, कर्णाली प्रदेशमा ३ जना र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा आइतबार ८३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् भने ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।