Nepal's Trusted Health Online Portal

सोमबार एकैदिन १८ जना कोरोना संक्रमितको मृत्यु

मृतक संख्या १ हजार ७१६ पुग्यो

Get real time updates directly on you device, subscribe now.

२९ मंसिर, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका कुल संक्रमितमध्ये ०.६६ प्रतिशतको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ८२१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । त्यस्तै ८४२ जना भने संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.