२९ मंसिर । नेपालमा सोमबार ३२७ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ५४ जना भेन्टिलेटर र २७३ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा ८ जना, बागमती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, प्रदेश नं ५ मा ३५ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा १० जना गरी २७३ जना आई.सी.यु.कक्षमा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ३ जना, प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, प्रदेश नं ५ मा ३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना गरी ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा सोमबार ८२१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८४२ जना संक्रमणमुक्त भएका छन् भने १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।